धिमाल जातीकाे सय बर्ष पुरानाे अर्नाखाडी ग्रामथान संरक्षणमा जाेड (भिडियाे रिर्पाेट सहित)

६ चैत्र २०७७,डिकेश लामा

सय बर्ष पुरानो इतिहास बोकेको ओझेलमा परेको धिमाल ग्रामथानको बर्षौं पछि संरक्षण थालिएको छ । संघीय सरकार अन्तर्गत तराई मधेस समृद्धि कार्याक्रमले झापाको दमकमा रहेको धिमालको पुरानो पुजा स्थल अर्नाखाडी ग्रामथानको संरक्षण थालिको हो । दमक वडा नं. ४ मा रहेको अर्नाखाडी ग्राम थान वि. सं. १९७५ सालमा स्थापना भएको हो । धिमाल जातिका अगुवा तेलपाने धिमालले स्थापना गर्नु भएको ग्रामथानको बर्षौं पछि संरक्षणमा सरकारले चासो दिन थालेको ४ दशक देखि पूजा गर्दै आउनु भएका धिमालका अगुवा तेलपानेका कान्छा छोरा लालबहादुर धिमालले बताउनु भयो ।

पूर्वी नेपालको मोरङ्ग, झापा र सुनसरीमा मुख्य बसोवास रहेको धिमाल जातिको पुराना ग्रामथानहरु माटीगाऊँ, अठियाबारी, सुनझोडा, अडियामहल, बलुवाइ, भिन्डा, राजारानी लगायतका क्षेत्रमा रहेका छन् । तर दस्तावेजिकरण र लेख्य ऐतिहासको पुरानो ग्राम थान मध्ये अर्नाखाडीको भने विगत २ बर्ष यता सरकारको बजेटमा संरक्षण गर्न थालिएको धिमाल जाति विकास केन्द्र नेपालका सह–अध्यक्ष कृष्णबहादुर धिमालले बताउनु भयो ।

एक करोड बजेटमा घेराबारा, गेट र एउटा भवन निर्माण थालिएको थियो । तर कोरोना कहरले निर्माण अधुरै रहेको क्षेत्रमा पुन ४० बजेट विनियोजन भएकोले तत्काल निर्माण पुरा गरिने ठूलो अर्नाखाडी ग्रामथान निर्माण समितिका अध्यक्ष गिरीराज धिमालले बताउनु भयो ।

पूर्वी नेपालमा मात्र बसोवास गर्ने धिमाल जातिको जनसंख्या २०६८ सालको गणना अनुसार २६ हजार २ सय ९८ रहेको तथ्याङ्क छ । बर्षौं देखि पिछाडिएका धिमाल जातिको विकासमा संघीय सरकारले चासो दिन थाले पछि आफूहरु समेत सक्रीय बन्दै गएको उनीहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १२३ निकाे १२५ संक्रमित
Next post नेपाल आज ८२ निकाे, ८७ संक्रमित