Read Time:57 Second

६ चैत २०७७,काठमाडौं– नेपालमा गत २४ घण्टामा १ सय २३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७१ हजार ७ सय ३३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ । यस्तै आज थप १ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार १ सय ६१ जनाको गरिएको पीसीआर परीक्षणमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एक जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेकाे छ।
