पर्म लगाएर व्यवसायिक तरकारी खेती गर्दै सिमलडाँगीका महिला

खेतीबाटै राम्राे आम्दानी

१९ चैत २०७७/डिकेश लामा

सामन्यतय पहिले पहिले पराम्परागत तवरबाट धान तथा मकै खेती पर्म लगाएर खेतीपाती गर्ने चलन थियाे । तर याे चलन लाेप हुँदै गएकाे वेला व्यवसायिकरुपमा तरकारी खेतीमा जुटेका महिलाहरु जनशक्तिको अभाव हुन थाले पछि पर्मबाट खेती गर्न थालेका छन् । झापाको कलम गाउँपालिका वडा नं. २ को सिमलडाँगी गाऊँका महिलालाई पालोमा खेताला गर्ने पराम्परागत विधि पर्मबाट खेती गर्दा धेरै सहज हुँदै गएकाे छ ।

झापाको कलम गाउँपालिका वडा नं. २ सिमलडाँगी गाऊँमा पालो अर्थात पर्म तिर्ने चलनबाट व्यवसायिक तरकारी खेती गर्न थालिएको छ । पहिले गाऊँघरमा धान तथा मकै खेतीमा पर्म लगाउने महिलाहरु अहिले व्यवसायिक खेती थाले पछि तरकारीबालीमा समेत पर्म लगाउन थालेकाे खेतीका अगुवा महिला गाेमादेवी पाैडेलले बताउनु भयाे ।

यस बर्ष राम्रो मुल्य पाएका किसानले धमाधम खोर्सानी विक्री थालेका छन् । खोर्सानीबाट प्रति कठ्ठा एक लाख रुपयाँसम्मको कारोवार हुने तरकारी खेतीका अगुवा महिला सरिता पौडेलले बताउनु भयो ।

महिलाहरुले आलु, बन्द कोपी, फुल कोपी, खुर्सानी, बोडी लगायतका अन्य सागसव्जी विक्रीका लागि उत्पादन गर्दै आएका छन् । प्राङ्गरिक तरिकाबाट खेती गर्न थालेका महिलाले स्वरोजगारसँगै आर्थिक उपार्जन समेत राम्रो गर्न थालेका खेतीमा लागेका महिलाले बताएका छन् ।

झण्डै ९ हजार हेक्टर हाराहारीमा तरकारीबाली खेती हुने झापामा बर्षेनी क्षेत्रफल र उत्पादन समेत विस्तार हुँदै गएको छ । जनशक्तिको अभावमा पर्म लगाएर खेती गर्ने चलन हराउँदै गएको वेला सिमलडाँगीका महिलाहरुले पर्मबाटै बृहत व्यवसायिक खेती थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५९ निकाे हुँदा १६२ संक्रमित
Next post नेपाल आज ६५ निकाे हुँदा १५२ संक्रमित थपिए