तामाङ समाजको दोस्रो बार्षिक साधारणसभा सम्पन्न


११ बैशाख २०७८/झापा
झापाको दमकमा रहेको नेपाल तामाङ जाति विकास एकता समाजको आज दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । दमक नगरपालिका वडा नं. ३ मा ४ बर्ष अघि स्थापना भएको तामाङ जातिको संस्थाले जातिगत विकासका लागि विभिन्न कार्याक्रम गर्दै बार्षिकसाधारणसभा सम्पन्न गरेको हो ।
नेपाल पत्रकार महासंघका झापा जिल्लाका सचीव डिकेश लामाको प्रमुख आथित्यमा भएको कार्याक्रममा जातिको संस्कार सँस्कृति, भाषा, भेषभूषा र लिपीको विकासमा कसरी एकताबद्ध भएर लाग्ने भन्ने विषयमा तामाङ जातिका अगुवाले मन्तव्य राखेका छन् ।


साधारणसभाले पूनः दिलबहादुर तामाङको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति गठन गरेको छ । समाजको समितिको उपाध्यक्षमा गंगा तामाङ, सचीवमा याम स्याङ्वो, सह–सचीवमा दिलमाया तामाङ, कोषाध्यक्षमा गुणा गोले र सदस्यहरुमा महेशकुमारी माझी (तामाङ), धनबहादुर तामाङ रहेका छन् ।
यस्तै समाजको प्रमुख सल्लाहकारमा डिकेश लामा, सल्लाहकार सदस्यमा शुकविर तामाङ र बुद्धिमान तामाङ चयन हुनु भएको छ ।
समाजले जातिको आर्थिक, सामाजिक, र साँस्कृतिक विकासमा कार्य गर्दै आएको छ । आफ्नो जातिमा परेको समस्यामा आर्थिक सहयोग संकलन गरी सहयोग समेत गर्दै आएको समाजले हालसम्म दमक क्षेत्रका दर्जन बढीलाई सहयोग गरिसकेको संस्थाका अध्यक्ष उद्घाटन कार्याक्रमका सभापति दिलबहादुर तामाङले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारतमा काेराेना बढे पछि नेपालमा पनि बढ्न थाले संक्रमित संख्या
Next post नेपालमा निकाे हुने भन्दा ५ गुणा धेरै संक्रमित थपिन थाले