
११ वैशाख २०७८, काठमाडौं– नेपालमा पछिल्लाे समय कोरोना संक्रमणको दर दिनहुँ बढ्दो अवस्थामा रहेकाे छ । हाल आएर निकाे हुने संख्या भन्दा ५ गुणा धेरै संक्रमण थपिन थालेका छन् । यसले गर्दा मुख्य शहरका अस्पतालहरू भरिन थालेका छन् ।
गएकाे २४ घण्टामा नेपालमा थप २ हजार ६ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा ८ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ६४४ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा १४१ जना कोरोना संक्रमित भेटिएका छन् ।
देशभर ७१ जना क्वारेन्टाइनमा छन् भने १६ हजार ८ सय २८ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । ३ सय ६८ जना भने संक्रमणमुक्त भएका छन् ।
