Read Time:48 Second
१० भदाै २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ४ सय ३३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर १४ हजार ३ सय ७४ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २ हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा १ हजार ९ सय २९ संक्रमणमुक्त भएका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा २६ जनाको मृत्यु भएको छ । जुन संख्या दुइ दिन यता केही कम हाे । नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जानकारी दिएकाे छ ।
