0 0
Read Time:1 Minute, 37 Second

२५ भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार १ सय ४६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ पीसीआर परीक्षणमा शुक्रबार थप ९६१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार ३६७ परीक्षणबाट १८५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ९१६ परीक्षणमा १ हजार १ सय ४६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७५ हजार ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ३६ हजार ६ सय ६६ पुगेकाे छ ।  नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ९२४ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *