साफ च्याम्पियनशीपका लागि नेपाली खेलाडी आज कतार प्रस्थान

२५ भदाै २०७८,काठमाडौं- अर्को महिना माल्दिभ्समा आयोजना हुने भनिएकाे दक्षिण एशियाली फुटबल साफ च्याम्पियनशीपको अन्तिम तयारीका लागि नेपाली पुरुष फुटबल टोली आज कतार प्रस्थान गर्दैछ ।

नेपाली टोलीलाई युवा तथा खेलकूद सचिव केदर न्यौपाने र फुटबल संघका अध्यक्ष लगायत एन्फाका पदाधिकारीहरुले हिजो  बिदाई गर्नुभएको हो । टोलीमा २४ खेलाडीसहित अन्य अफियसियलहरु समेत सहभागी रहेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरी कतारमै छन् भने मुख्य डिफेन्डर रोहित चन्द इण्डोनेशियाबाट सिधै कतार जानेछन् ।

यही असोज १५ गतेबाट सुरु हुने १३औं साफ च्याम्पियनशीपका लागि नेपाली टोली असोज ११ गते कतारबाटै माल्दिभ्स प्रस्थान गर्नेछ । पाँचवटा देशहरु सहभागी रहने साफ खेल असोज १५ गतेदेखि असोज ३० गतेसम्म माल्दिभ्सको मालेमा आयोजना हुँदैछ । साविक विजेता तथा आयोजक राष्ट्र माल्दिभ्ससँग नेपालले असोज १५ गते पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल असोज १८ गते श्रीलंकासँग र असोज २४ गते साफको सर्वाधिक बलियो टोली भारतसँग खेल्नेछ । नेपालले हालसम्म साफ च्याम्पियनशीपमा फाइनलमा पुग्न सकेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भड्किलो बन्दै तीजः यस बर्ष काेराेना कहरका बावजुद पनि केही चहल पहल बढ्याे
Next post नेपालमा आज ११४६ संक्रमित,१६६० निकाेः २१ जनाकाे मृत्यु