अर्गानिक खेतीको अभ्यासमा विधार्थी (भिडियाे सहित)

१२ अशोज २०७८/डिकेश लामा

प्रदेश नम्बर एकमा पछिल्लो समय अर्गानिक खेतीबाली गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्यलाई ध्यान दिँदै कृषि सम्बन्धी अध्ययन गर्ने विधार्थीले समेत अर्गानिक खेतीबाली सम्बन्धी अध्ययनसँगै अभ्यास थालेका छन् ।

कृषि सम्बन्धी अध्ययन गर्ने विधार्थीहरुले पछिल्लो समय व्यवसायिकरुपमा अर्गानिकउन्मुख खेतीमा लागेका कृषि फार्मलाई अभ्यासको केन्द्र बनाउन थालेका छन् । लामो कोरोना कहरले अनलाइनबाट अध्ययन गरेका विधार्थीले भौतिकरुपमा अभ्यास गर्न पाउँदा धेरै ज्ञान प्राप्त भएको उनीहरुले बताएका छन् ।

पछिल्लो समय अर्गानिकउन्मुख खेतीमा लागेका फार्ममा विधार्थीलाई अध्ययन अवलोकन भ्रमण समेत गराउन थालिएको छ । जसले गर्दा सिकाई थप प्रभावकारी हुने लामो समय देखि धरान उपमहानगरपालिका वडा नं. ४ मा अर्गानिक खेती गर्दै आएको सोताङ्ग कृषि फार्मका संचालक कृष्ण राईले बताउनु भयो ।

सरकारको अनुदानमा स्थानपना गरिएको दमक वडा नं. ३ को मानसरोबर कृषि सहकारी संस्थामा पछिल्लो समय धेरै किसान र विधार्थीले अध्ययनसँगै अभ्यास गर्ने गरेका छन् । १७ विगाह क्षेत्रमा अर्गानिक खेती गर्दै आएको संस्था अध्ययन केन्द्रको रुपमा समेत स्थापना हुँदै आएको अर्गानिक खेतीका सहजकर्ता दधिबल चापागाईंले बताउनु भयो ।

प्रदेश सरकारले केही बर्ष यता अर्गानिक मिसनको रुपमा अनुदानका कार्याक्रमहरु शुरु गरेको छ । जसले गर्दा ठूलो क्षेत्रमा अर्गानिक खेती गर्दै आएका कृषिसम्बन्धीका संस्थाहरु अध्ययन केन्द्रको रुपमा समेत स्थापना हुँदै गएको कृषिका अगुवाहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ११५८ संक्रमित, १३१८ निकाेः १२ जनाकाे मृत्यु
Next post नेपालमा पछिल्लाे २४ घण्टामा ११५७ संक्रमित, १११३ निकाेः ८ जनाकाे मृत्यु