Read Time:57 Second

१२ असाेज २०७८, काठमाडौं– नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार १ सय ५८ जना कोभिड १९ संक्रमित थपिएका छन् । ११ हजार ६ सय ७२ जनाको आरटी/पीसीआर र २ हजार ३ सय ३१ जनाको एन्टीजेन गरी १४ हजार ३ जनाको नमूना परीक्षण गर्दा १ हजार १ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा १ हजार ३ सय १८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ११ हजार १ सय १५ पुगेकाे छ । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ रहेको छ ।
