0 0
Read Time:3 Minute, 20 Second

काेराेनासँग लड्दै निर्माणधीन याेजनालाइ निरन्तरता दिइने 


८ मंसीर २०७७, झापा
झापाको शहरी विकास मन्त्रालय अन्तर्गतको उच्च टोलीले आज झापा विभिन्न निर्माणधीन योजनाको अवलोकन तथा अनुगमन गरेको छ । स्थानीय देखि राष्ट्रिय गौरबका योजनाको निर्माण कार्यको अवस्थाबारे जानकारी लिँदै कोरोना कहरले प्रभावित योजनालाई अव उच्च गतिमा तिव्रता दिने बताइएको छ । शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ सहितको मन्त्रालय स्तरको उच्च टोलीले आज झापाको विभिन्न १० स्थानमा बनेका र बन्ने योजनाको अवलोकन गरेको छ । अवलोकन गर्दै मन्त्री श्रेष्ठले कोरोना कहरका कारण अव कुनै पनि भौतिक विकासका कार्याहरु नरोकिने र उच्च सतर्कता अपनाएर कामलाई निरन्तरता दिने बताउनु भयो ।


टोलीले मन्त्रालय अन्तर्गत सघन शहरी विकास आयोजना झापा मार्फत भएको कमल, गौरादह, गौरीगंज र दमका सडक, अस्पताल, भवन, विपन्न आवास र राष्ट्रिय गौरबको आयोजना भ्यूटावर समेतको अवलोकन तथा अनुगमन गरेको छ । अनुगमनकोक्रममा मन्त्री श्रेष्ठले दमकमा निर्माणधीन भ्यूटावर देशकै गौरव र आधुनिक शैलीमा निर्माण हुने पहिलो ठूलो योजना भएकोले यसलाई सवैले सहयोग गरेर समयैमा सक्नु पर्ने बताउनु भएको छ । टोलीको कमलको केर्खा बजारको सडक, विपन्न आवास, पूर्वाञ्चल आयुर्वेदिक औषाधाल, गौरादहको सडक, गौरीगंजको सुरक्षित आवास, बजार, दमकको बहुतले बसपार्क, दमक सभागृह, भ्यूटावर, चुलाचुली ढुङ्गे सडक समेतको अनुगमन तथा अवलोकन गरेको टोलीका सहजकर्ता नेकपाका नेता होमबहादुर थापाले जानकारी दिनु भयो ।

टोलीले सवै क्षेत्रमा बनेका कामको अवस्थाबारे जानकारी लिएको छ । कोभिडका कारण केही स्थानमा ढिलाई भईरहेको कामलाई समेत उच्च प्राथमिकता दिएर थालिएको शहरी विकास मन्त्रालयका सचीव डा. रमेश प्रसाद सिंहले बतातउनु भयो । शहरी विकास मन्त्रालय अन्तर्गत झापामा स्थानीय सडक देखि ठूला राष्ट्रिय गौरबको योजना समेत निर्माण भईरहेका छन् । कोरोना कहरले केही प्रभावित भए पनि सन्तोषजनक ढंगबाट अगाडि बढेका योजनालाई थप प्राथमिकता दिएर उच्च गतिमा निर्माण गर्न टोलीले निर्देशन दिएको छ । टोलीले भोलि सुखानी शहिद स्मृति पार्क सहित अन्य योजनाको अवलोकन तथा अनुगमन गर्ने जानकारी दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *