
८ मंसीर २०७७, काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । यस्तै १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा गरिएको १० हजार ३ सय ८१ जनाको पीसीआर परीक्षणमा ७ सय ८९ महिला र १ हजार १ सय ९१ जना पुरुषमा गरी १ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा निको भएको दर ९०.९ प्रतिशत रहेको छ । याे दर दिनहुँ बृध्दी हुँदै गएकाे हाे । यसैगरी पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ रहेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
