२० कार्तिक २०७८, काठमाडौं- नेपालमा दाेस्राे भेरियन्ट अाए यता अाज अहिलेसम्मकै न्यून संक्रमित भएका छन् । गएकाे २४ घण्टामा १ सय ३९ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ३ हजार ९ सय ३२ जनामा गरिएको नमूना परीक्षणमा १ सय ३९ संक्रमित थपिएका हुन् । २४ घण्टामा ३ सय ९६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ७ लाख ९४ हजार ८ सय ३४ जना निकाे भइसकेका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा १ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ३९ पुगेकाे छ ।
