तिहारकाे मुखमा दुःखद खबरः एकै परिवार आगलागीबाट ४ जनाकाे मृत्यु

२० कार्तिक २०७८, काठमाण्डाैं- ललितपुरको मंगलबजारस्थित चक्रबहिलमा गएराती भएको आगोलागीमा चारजनाको मृत्यु भएको छ । म्ह पूजा गरिरहेको बेलामा घरको चौथो तलमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय लक्ष्मीकृष्ण ताम्राकारको घरमा एकाएक आगोको मुस्लो देखिएको र तत्‌पश्चात बिस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीको भनाइ छ । घटनामा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

घटनामा दुईजना घाइते भएका छन् र उनिहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ । मृतकको शव पाटन अस्पतालमा राखिएको छ । आज पोष्टमार्टम गरिएपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । चाडबाडका मुखमा अागलागी हुने घटना अधिक हुने गरेकाे छ । यस अघि झापा र माेरङमा पनि यस्ता घटना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १८३ संक्रमित, ६४९ निकाेः २ जनाकाे मृत्यु
Next post नेपालमा आज १३९ संक्रमित, ३९६ निकाेः १ जनाकाे मृत्यु