महागुरु फाल्गुनन्द जयन्तिमा विविध कार्याक्रम (फाेटाे फिचर सहित)

२५ कार्तिक २०७८/सारासन्देश समाचार
राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३७औं जन्मजयन्तिको अवसरमा आज झापाका विभिन्न स्थानमा पूजाआजा सहित धार्मिक साँस्कृतिक कार्याक्रम गरिएको छ । महागुरुलाई सरकारले २०६६ साल मंसीर १६ गते नेपालको १६ औं राष्ट्रिय विभूति घोषणा गरेसँगै किरात धर्म नेपाल बाहेक तेस्रो मुलुकमा समेत विस्तार हुँदै गएको किरात धर्मका अगुवा अमेरिकाबाट नेपाल आउनु भएका भक्त खेवाले बताउनु भयो । खेवाका अनुसार किराँतीहरूले अझै धर्मकाे रक्षा गर्दै विकास विश्वभरका किराँतीहरू एक हुनु पर्नेमा जाेड दिनु भयाे ।

महागुरुको जन्म जयन्तीको अवसरमा आज झापाको दमक र भूटानी शरणार्थी शिविर क्षेत्रमा समेत विविध कार्याक्रम भएका छन् । यस अघि शरणार्थी बसोवास क्षेत्र वेलडाँगी १ मा निर्माण गरिएको किराँत माक्पोक्लुङ माङहिम परिसरमा समेत विविध कार्याक्रम गरिएको छ । माङहिमका उपाध्यक्ष विनय देवानको सभापतित्वमा भएको कार्याक्रममा पूजाआजा सहित साँस्कृतिक कार्याक्रम समेत भएका छन् ।

कार्याक्रममा प्रमुख अतिथि रहनु भएका दमक वडा नं. २ का अध्यक्ष प्रजापति सापकोटाले मन्दिरको सुरक्षा र संरक्षणमा सवै लाग्नु पर्ने बताउनु भयो ।
पछिल्लो समय किरात धर्म मान्नेहरु अमेरिका, वेलायत, भारत, भूटान, बर्मा, क्यानाडा, हङकङ्ग लगायतका देशमा समेत किराती समूदायका महागुरु फाल्गुनन्दको जन्म जयन्ती मनाउन थालिएको छ । हाल यो धर्ममा लाग्नेहरुले हत्या, हिंसा, र मादकजन्य पदार्थको प्रयोगहरुलाई समेत हटाएर लान थालेका छन् ।

किरातधर्मका प्रवर्तक महागुरुको विक्रम सम्बत् १९४२ साल कार्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गाविस वडा नं. ५ को चुक्चिनाम्बा डाँडागाऊाँमा जन्म भएको थियो भने उहाँकाे वि. स. २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पान्थरको सिलौटी मुनी हाङयकमा देहत्याग गर्नु भयो ।
हाङयकमा देहत्याग गर्नु भएपछि महागुरुको पार्थिव शरिरलाई सिलौटी माङहिममा पुर्याएर तीन दिनसम्म राखेर टाढा टाढाका चेलाहरुलाई खबर गरी तीन दिनपछि बुधबार विधिवत रुपमा ठूलो सेवा लगाएर अन्तिम संस्कार गरिएको थियो । यसरी महापुरुष मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको देहवसान पश्चात, देह त्याग गर्नुभएको स्थल हाङयक र सिलौटीमा जहाँ अन्तिम संस्कार गरिएको स्थानमा पछिल्लाे समय समाधिस्थल निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३१७ संक्रमित, २७९ निकाेः ६ जनाकाे मृत्यु
Next post नेपालमा आज ३९७ संक्रमित, ३८९ निकाेः ३ जनाकाे मृत्यु