नेपालमा आज ३९७ संक्रमित, ३८९ निकाेः ३ जनाकाे मृत्यु

२६ कार्तिक २०७८,काठमाडौं– पछिल्लो २४ घण्टामा ३ सय ९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार १ सय ३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै १ हजार ९ सय ३२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको हाे । कुल ११ हजार ६६ जनामा परिक्षण गर्दा ३ सय ९७ जना संक्रमित भेटिएका हुन्र । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ६९ पुगेको छ । यसैगरी देशमा हालसम्म ७ हजार ४ ९८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महागुरु फाल्गुनन्द जयन्तिमा विविध कार्याक्रम (फाेटाे फिचर सहित)
Next post तामाङ पत्रकार संघ माेरङ गठन