Read Time:1 Minute, 4 Second

१२ मंसीर २०७७, काठमाडौं– गत २४ घण्टामा १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस्तै आज थप १ हजार ७ सय ३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४ सय ६० जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख १० हजार ६ सय ७१ जना छन् । नेपालमा निको हुने दर ९१ दशमलव ९ प्रतिशत रहेको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ३५ रहेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
