Read Time:50 Second


११ मंसीर २०७७, काठमाडौं– गत २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ४ सय ३७ जना डिस्चार्ज भएका छन् ।
देशभरका प्रयोगशालामा ९ हजार ४ सय ९१ जनाको गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ रहेको छ ।
गत २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।
