0 0
Read Time:2 Minute, 6 Second

८ मंसीर २०७८/डिकेश लामा

जोखिममा परेका भूटानी शरणार्थी अपाङ्गहरु मिलेर जिविकोपार्जनका लागि सामुहिकरुपमा बाँसको मूढा बुन्ने काममा लागेका छन् । शरणार्थी दातृ निकायले रेखदेख गर्न छाड्दै लगे पछि दैनिकी गुजारामा समस्या हुन थालेकाले काममा जुट्न थालेका हुन् । भूटानी शरणार्थी शिविर वेलडाँगी २ सेक्टर डी/२ घर नम्बर १६० निवासी नन्दलाल अधिकारीको खुटटाले राम्रो भर दिँदैन । तर पनि उहाँले काम नगरी घरमा भात पाक्दैन । ६१ बर्षीय अधिकारीले मूढा बुनेर दुःखले घरव्यवहार चलाउँदै आउनु भएको छ ।

अधिकारी जस्तै अन्य शारिरीकरुपमा केही कम्जोर रहेका शरणार्थीहरु मिलेर अहिले सामुहिकरुपमा मूढा बुन्ने काममा जुटेका छन् । मूढा बुन्नेहरुको घर खर्चमा केही सहयोग पुग्ने गरेको भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले बताउनु भयो । समूहमा ३८ जनाले काम गर्दै आउनु भएको छ । कसै–कसैले मूढा तयार गर्ने सामाग्री घरघरमा लगेर काम गर्ने गरेका छन् । तर मूढाको उचित बजार नहुँदा विक्रीमा भने समस्या आएको छ ।

झापा र मोरङ्गमा रहेका ६ हजार हाराहारी शरणार्थी मध्ये झण्डै साढे ४ सय संख्यामा अपाङ्गहरु रहेका छन् । शरणार्थीलाई रेखदेख गर्ने दातृ निकायले छाड्दै लगे पछि शारीरिकरुपमा असक्त र अभिभावकवीहिन बालबालिकाहरु भने समस्यामा पर्दै गएका छन् ।

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोस् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *