0 0
Read Time:3 Minute, 31 Second

११ मंसिर २०७८, सारासन्देश समाचार– नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटीको प्रदेश स्तरीय पहिलो भेला झापाको दमकमा हुने भएको छ । २० मंसिर सोमबार हुने प्रदेशस्तरीय भेलालाई पार्टीका श्रद्धेय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम गरिएकाे छ ।

खेलकुद महासंघका केन्द्रीय नेता तथा प्रदेश १ का अध्यक्ष तथा झापा जिल्ला खेलकुद संघका पुर्वअध्यक्ष शंखर थापाका अनुसार प्रदेश १ का १४ जिल्लाका खेलाडीहरुको बृहत भेलाले प्रदेश स्तरीय कमिटी गठन गरिने छ । ५१ सदस्यीय कमिटीमा १ अध्यक्ष, तीन उपाध्यक्ष, १ सचिव, २ सहसचिव र कोषाध्यक्ष सहित सदस्यहरु रहने छन् ।

थापाले भेलामा नवगठित कमिटी र सहभागि खेलाडीहरुलाई पार्टीका केन्द्रीय अध्यक्ष, तथा पूर्वप्रधानमन्त्री नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राई, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव केशब कुमार बिष्ट लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयाे ।

सो कार्यक्रमको व्यवस्थापनका निम्ति नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले जिम्मेवारी पाएको र नेपाल खेलकुद महासंघ जिल्ला कमिटी झापा, अखिल फोर्स दमक नगर कमिटी, युवा संघ दमक नगर कमिटीले स्वयसेवक तथा प्रचार प्रसारको जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तैं, भेलामा विभिन्न खेलका खेलाडीहरुले आ–आफ्नो खेलको प्रर्दशन गरिने कार्यक्रम रहेको छ । भेलामा खेल प्रर्दशन सम्बन्धी खेल क्षेत्रका प्रशिक्षक र अगुवावहरुसँग परामर्श गरिने समेत छलफल भएको एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिनु भयाे। भेलामा अखिल फोर्सका केन्द्रीय उपाध्यक्ष तथा दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियु सभापति रोशन भण्डारी, युवा संघ झापाका उपाध्यक्ष तथा विद्यार्थी नेता प्रवल भण्डारी, पार्टी जिल्ला कमिटी सदस्य तथा दमकका सामाजिक अगुवा कमल कुटुवाल, तीर्थ नेपाल, जीवन सेढाई, हरि नेपाल, टिका प्रसाई, विराट जबेगु, खेलाडी नविन तामाङ लगायतले मंसिर २० गते हुने कार्यक्रमलाई सभ्य र भब्य ढंङ्गमा सम्पन्न गर्न सवैले सहयाेग गर्नु पर्ने बताएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *