फाक्तेप गोल्ड कप २०७८ शुरुः सिन्धुलीलाई हराउँदै मोरङ्ग विजयी

११ मंंसीर २०७८/सारा सन्देश समाचार

झापा जिल्लाको शिवसताक्षीमा आज देखी एनी फाक्तेप गोल्ड कप २०७८ शुरु भएको छ । आजको खेलमा दुधौली स्पोटिङ्ग फुटवल क्लव सिन्धुलीलाई ३ गोलको विरुद्ध ५ गोल गर्दै ट्राइवेकरमा पथरी फुटवल क्लव मोरङ्गले विजय हात पारेको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट एक एक गोल भएकाले खेल ट्राइवेकरमा प्रवेश गरेको थियो । खेलमा पथरी क्लवबाट जर्सी नम्बर १९ का खेलाडी निरज परियारले १३ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै खेलको ७४ औं मिनेटमा सिन्धुलीको तर्फबाट जर्सी नम्बर १५ का कमल गुरुङ्ग गोल गरेका थिए ।

ग्रामिण खेल क्षेत्रको विकास गर्ने उदेश्यले खेलाइएको खेलमा विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार नगद सहित ट्रफी हात पार्ने छन् । भोलि जलथल फुटवल क्लव झापा र रोयल स्पोटिङ्ग क्लव दमकबीच खेल हुने छ । खेलमा ५ जिल्लाका ८ वटा टीमले सहभागिता जनाएको आयोजक समितिले जानकारी दिएको छ ।

अखील नेपाल फुटवल संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष पकंजविक्रम नेम्बाङ्गको प्रमुख आथित्यमा भएको कार्यक्रममा झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले मगर मामा, खेल भईरहेको शिवसताक्षी नगरपालिका वडा नं. ७ का अध्यक्ष नविन इजम लगायत राजनैतिक, सामाजिक तथा स्थानीय खेल क्लवका अगुवाहरुको उपस्थिति रहेको थियो । खेलको औपचारिक कार्याक्रममा खेल संयोजक सन्तोष थेगिम, आयोजक फाक्तेप फुटवल क्लवका अध्यक्ष बमप्रसाद चेम्जोङ्गले अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गर्नु भएको प्रचार प्रसार संयोजक गोविन्द ल्वागुनले बताउनु भयो । स्थानीय खेलप्रेमी युवा सन्तोष थोप्रा लिम्बुले एनी ब्राण्डको नामबाट खेलको पहिलो प्रायोजन वापत ३ लाख रुपयाँ सहयोग गर्नु भएको छ । यस बाहेक खेल संचालनमा देश विदेशमा रहेका खेल प्रेमी सामाजिक अगुवाहरुले सहयोग गर्न थालेको खेल आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २१३ संक्रमित, ३२५ निकाेः ३ जनाकाे मृत्यु
Next post एकीकृत समाजवादी सम्बद्ध खेलकुद महासंघको प्रदेशस्तरीय भेला दमकमा