0 0
Read Time:3 Minute, 39 Second

भाेलिदेखि १२ पालिकामा घुम्ती टाेली परिचालन

१६ मंसीर २०७८/डिकेश लामा

निर्वाचनको समय नजिकिएसँगै झापामा नयाँ मतदाता परिचय पत्र भर्ने कार्यलाई तिव्रता दिइएको छ । यस अघि जिल्ला प्रशासन माताहत इलाका प्रशासन कार्यालयमा २ महिना देखि विवरण संकलन गर्ने कार्य गरिदैं आएकोमा अव हरेक स्थानीयमा तहमा मतदाता नामावली भर्ने कार्य थालिने भएको छ । झापाको दमकमा रहेको इलाका प्रशासन कार्यालयमा यतिखेर नागरिकतासँगै मतदाता परिचय पत्र बनाउनेहरुको भीड लाग्ने गरेको छ । २ महिना देखि विवरण संकलन थालिएको यस केन्द्रमा दैनिक १ सय जना भन्दा धेरैले मतदाता परिचय पत्र भर्ने गरेको विवरण संकलनमा खटिनु भएका दर्ता कर्मचारी अमन कार्कीले बताउनु भयो । कार्कीका अनुसार जनप्रतिनिधिले आफैले गाडीको व्यवस्था गरेर समेत नयाँ मतदाताहरुलाई कार्यालयसम्म ल्याउने गरेका छन् । २ महिना अघि देखि नै जिल्लाको दमक, गौरीगंज र भद्रपुरमा भने जिल्ला र इलाका प्रशासन कार्यालयमा मतदाता नामावली अध्यावधिकको कार्य हुँदै आएको छ । यी तीन पालिका बाहेक अन्य १२ वटामा आगामी भोली १७ देखि पुस २ र पुस ४ देखि १८ गतेसम्म मतदाता अध्यावधिक गरिने कार्याक्रम जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको छ ।

झापाको विर्तामोड, अर्जुनधारा, हल्दिबारी, कमल, शिवसताक्षी र कन्काईमा मंसीर १७ देखि २ गते सम्म मतदाता विवरण भरिने छ । यस्तै मेचिनगर, बुद्धशान्ति, कचनकवल, गौरादह, झापा र बाह्रदशी गाउँपालिकामा पुस ४ गते देखि १८ गतेसम्म मतदाता विवरण संकलन गर्ने कार्य तय गरिएको छ । जिल्लामा मतदाता संकलन गर्न व्यापक गर्ने गरी सवैले सहयोग गर्न जिल्लाको उच्च स्तरी वैठकले पारित गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्लिसिनाले बताउनु भयो । निर्वाचन हुनु पूर्व योग्य मतदाताको नामावली अध्यावधिक गर्ने कार्य निर्वाचनको महत्वपूण कार्य मानिन्छ । एक केन्द्र बराबर एक हजार मतालाई लक्षित गरी जिल्लामा २ सय ८६ मतदान केन्द्रको अध्यावधिक र अनुगमन गर्ने कार्य समेत भईसकेको झापा जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताउनु भयो ।

झापा जिल्लामा हालसम्म ६ लाख ९ हजार मतदाता संख्या रहेका छन् । आगामी १७ गते देखि पुस १८ गतेसम्म घुम्ती प्रणालीबाट विवरण अध्यावधिक गर्दा ३५ हजार नयाँ मतदाता थप हुने अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *