झापामा अझै पनि जोखिम मोलेर डुङगामा यात्राः १० बर्ष देखि निर्माण थालिएको पुल अझै आधा पनि बनेन (फाेटाे फिचर सहित)

१७ मंसीर २०७८/डिकेश लामा
एक दशक वितिसक्दा समेत पुल नबनेकाले दक्षिणी झापाका मानिसले बर्षौं देखि सास्ती भोग्नु परेको छ । हुलाकी सडक अन्तर्गतको कन्काई पुल नबन्दा अझै पनि डुङ्गाको भरमा जोखिम यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीयले गुनासो पोखेका छन् ।
कन्काइ नदिमा निर्माणधीन पुल समयमा नवन्दा बर्षौं देखि जोखिम यात्रा गर्नु पर्ने बाध्यता हट्न सकेको छैन । बर्षामा आवातजावात ठप्प हुने दक्षिणी झापामा समयमा पुल नबनेकाले हिउँदमा पनि डुङ्गाको भरमा यात्रा गर्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

default

२०६८ सालमा ३४ करोडमा ठेक्का लागेको पुल गत बर्ष देखि ठेकेदार कम्पनी पप्पुको जेभी पार्टनर महादेव खिम्तीले काम शुरु गरेको छ । तर पुल निर्माणको कामले अझै पनि गति लिन सकेको छैन । पुल चाँडो निर्माण गर्न आफूहरु बारम्बार दवाब दिँदै आएको हुलाकी सडक निर्देशनालय इटहरीका पूर्व योजना प्रमुख दिपेन्द्र पाण्डेयले बताउनु भयो । पाण्डेका अनुसार पप्पु कन्स्ट्रक्सनलाई व्लाक लिष्टमा राखेर कार्वाही गरे पछि कन्काई पुल निर्माणमा जिम्मा लिएको जेभी पाटर्नर महादेव खिम्तीले गत बर्ष देखि निर्माण थालेको छ । निर्माण व्यवसायी महासंघको आफै अध्यक्ष रहनु भएका रवि सिंह रहेको र उहाँकै कप्पनी महादेव खिम्ती रहेकाले नैतिकताको आधारमा पनि जतिसक्दो चाँडो पुलको निर्माण काम सक्नु पर्नेछ ।
यस्तै यता विरीङ्ग पुल पनि समयमा नबन्दा खोलामा बाँसको पुलमा हिड्दा पैसा तिर्नु पर्ने बाँध्यता रहेको स्थानीयले बताएका छन् । जसरी भए पनि यो बर्ष पुल निर्माणको काम सक्ने योजनामा काम शुरु गरिएको पुल निर्माण कम्पनीका इन्जिनियर बसन्त घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार मुख्य विम बनाउने कार्य सक्न लागिएकाले क्रेन ल्याएर यसै बर्ष काम सक्ने गरी निर्माण गरिएको बताउनु भयो ।
default

झापाको हुलाकी सडक अन्तर्गत झापा क्षेत्रको ६८ किलो मिटर क्षेत्रमा १७ वटा पुलहरु पर्दछन् । जसमध्ये मुख्य कन्काइ, विरीङ्गको पुल निर्माण गर्ने हो भने सडक संचालनमा सहजता आउनेछ । समयमा पुल नबन्दा निर्माण सम्पन्नको तयारीमा रहेको हुलाकी सडक समेत संचालनमा आउन सकेको छैन । सडकमा पर्ने मुख्य पुलहरु नै बनन्दा सडक संचालनमा समस्या आएको गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । पालिका क्षेत्रका अधिकाशं पुलहरु निर्माण भए पनि कन्काई र रतुवा पुल मुख्य समस्याको रुपमा रहेको उहाँले बताउनु भयो । समयमा पुल नबन्दा बर्षौं देखिको सास्ती हट्न नसकेको स्थानीयको गुनासो छ । १० बर्ष देखि बनाउन थालिएको पुल अझै नबेकाले यात्रुहरुले जोखिम मोलेर डुङगाको भरमा यात्रा गर्नु पर्ने बाध्यता रहेको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मतदाता नामावली अध्यावधिकमा जोडः झापामा ३५ हजार मतदाता थप हुने
Next post नेपालमा आज २४६ संक्रमित, ३४७ निकाे