Read Time:58 Second
१७ फाल्गुन २०७८,काठमाडौं– नेपालमा केही दिन यता संक्रमणकाे संख्या घट्न थालेकाे छ । नेपालमा गत २४ घण्टामा १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ४ जनामा गरिएको नमूना परीक्षणमा १ सय ५८ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ३ सय ५४ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा २ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ३८ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार २ सय ३५ जनामा झरेकाे छ ।

