0 0
Read Time:3 Minute, 50 Second

७ पाैष २०७७, काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ ।

बबरमहलमा मंगलबार बसेको बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको अध्यक्षतामा मंगलबार नै बसेको बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरको थियो ।

बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय अनुमोदन गरेको छ । यसैगरी नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीको अनुशासनको कारबाही फुकुवा गर्दै जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ । नेकपा प्रचण्ड समूहको बैठक पर्सी पुनः बस्ने तयारी रहेकाे प्रवक्ता श्रेष्ठले बताउनु भयाे ।

 

अाेली पक्षधर नेकपा केन्द्रीय कमिटी विस्तार, प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई

यस्तै यता अाेली पक्षधर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको तेस्रो बैठकले केन्द्रिय कमिटी विस्तार गरेको छ ।

मौजुदा केन्द्रीय कमिटीमा सदस्यहरु थप गरी १ हजार १ सय ९९ सदस्यीय बनाइएको छ । पार्टीका प्रथम अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले मौजुदा केन्द्रीय कमिटीमा ५ सय ५६ जना थप गर्नु भएको छ ।

नेकपाको मौजुदा केन्द्रीय कमिटीमा ४४७ रहेकामा ५५६ थप गर्ने प्रस्ताव पारित भएको र १९६ जना रिक्त राखिएको नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

मनोनीत सदस्यलाई अध्यक्ष ओलीले शपथसमेत गराउनुभएको छ । बैठकले पार्टी प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ । बैठकलाई सम्वोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विकसित राजनीतिक घटनाक्रम र अवको निर्वाचन तथा पार्टीको रणनीतिबारे विभिन्न निर्देशन दिनुभयो । उहाँले अव सबै शक्ति एकजुट भएर निर्वाचनमा जानुपर्ने बताउनुभयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाटै समृद्ध नेपालको उद्देश्य हासिल हुने पनि स्पष्ट पार्नुभयो ।

महासचिव विष्णुप्रसाद पौडेलले सञ्चालन र स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले स्वागत गर्नुभएको आजको बैठकले केन्द्रीय कमिटीको अर्को बैठक यही पुस ९ गते तय गरेको छ भने २०७८ मङ्सिर २ मा पार्टीको महाधिवेशन तोकेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *