संसद विघटनकाे मुद्दा संवैधानिक इजलासमा हेरिने

८ पाैष २०७७, काठमाडौं– संसद विघटनविरुद्ध परेको मुद्दा अब संवैधानिक इजलासले हेर्ने भएको छ ।

रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले संसद विघटनविरुद्ध परेको मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय गरेको हो ।

बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भू थापा, टीकाराम भट्टराई, गोविन्द बन्दी, दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए ।

संवैधानिक इजलास शुक्रबार बस्ने भएकाे छ । प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

१३ वटा रिट परेकोमा १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको सर्वोच्च अदालतको मुद्दा महाशाखाका प्रमुख बाबुराम दाहालले जानकारी दिनुभएको हो ।

अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुने उहाँले बताउनुभयो ।

आज सुनुवाइ हुने रिटमध्ये एउटा रिट ४ जना सांसदले पनि दायर गर्नुभएको छ । रिट दायर गर्ने सांसदमा देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री हुनुहुन्छ ।

५ वर्ष जनताको सेवा गर्न भनी निर्वाचित भएकोमा विघटनका कारण जनताको सेवा गर्न नपाउनु मौलिक हकको हनन भएको भनी उहाँहरुले रिट दायर गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रचण्ड पक्षीय नेकपाको निर्णय : नेपाल बने अध्यक्ष, ओलीलाई हटाइयो
Next post पछिल्लो २४ घण्टामा ७ सय ४३ जना कोरोना संक्रमित थपिए