0 0
Read Time:2 Minute, 32 Second

२७ चैत्र २०७८/सारासन्देश समाचार
गतल वा मिथ्या सूचनाको पहिचान नहुँदा पत्रकार स्वयम् समस्यामा पर्ने गरेका छन् । त्यस्ता समाचारको पहिचान गरेर खोजमुलक समाचार सम्प्रेषण गर्न सक्नु चाँही सच्चा पत्रकारको धर्म रहेको बताइएको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘खोजमूलक फिचर लेखन र मिथ्या सूचनाको चुनौति’ विषयक दुई दिने प्रशिक्षण कार्याक्रममा मिथ्या समाचार पहिचानमा जोड दिइएको छ ।


खोज पत्रकार तथा सम्पादक मोहन मैनालीले नजिकी रहेको चुनावको समय मिथ्या सूचना सम्प्रेषणको जोखिम थप बढ्ने भएकाले पत्रकार सचेत रहनु पर्ने बताउन भयो । कनकाई नगरपालिकाको सहयोगमा महासंघको आयोजनामा आज सम्पन्न भएको तालिममा जिल्लाका क्रियाशील ४९ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।

आज झापा शाखाको अध्यक्ष एकराज गिरीको अध्यक्षतामा समापन भएको तालिममा कार्यक्रममा महासंघका राष्ट्रिय परिषद् सदस्य तथा फोनिजका नेता दिपीन राई, प्रेस चौतारीका प्रदेश सदस्य राम निरौला, प्रेस युनियनका जिल्ला सचिव डिल्लीराम घोर्साइ, प्रेस सेन्टरकी जिल्ला उपाध्यक्ष होमकुमारी कुमाल सुष्मा, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष नरेन्द्र ढकालले अत्यावश्यक विषयमा महासंघले तालिम आयोजना गरेर पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पुर्याएको बताएका छन् ।
कार्यक्रममा सहभागीको तर्फबाट तीर्थराज खरेल र तलु वास्केले तालिमले पत्रकारको क्षमता विकासमा ठूलो टेवा पुगेको बताएका छन् । कार्यक्रमको सञ्चालन महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । तालिमको उद्घाटन शनिबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नु भएकाे थियाे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *