नेपालमा आज १३ संक्रमित, ४४ निको

२६  चैत्र २०७८,काठमाडौं– नेपालमा पगत २४ घण्टामा १३ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ५५ जनामा गरिएको नमूना परीक्षणमा १३  जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ४४  जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो एक साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ सय ३७ जनामा झरेको छ । यो संख्या पछिल्लो केही समय यता दिनहूँ घट्नेक्रममा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा स्थानीय तहमा नेपालमै पहिलाे पटक खाद्य परिक्षण प्रयोगशाला उद्घाटन (फाेटाे फिचर सहित)
Next post मिथ्या सूचना पहिचानमा पत्रकार सचेत हुनु पर्नेमा जाेड (फाेटाे फिचर सहित)