नेपालमा कोरोना विरुद्ध ‘कोभिसिल्ड’ खोपलाई अनुमतिःआइतबार देखि भारतमा लगाउन थालिने

२ माघ २०७७, काठमाडौं– नेपालमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान हाे । आज गरेकेा विभागीय निर्णयअनुसार कोभिसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको विभागले सूचना प्रकाशित गरेर जानकारी दिएकाे छ ।

बुधबार विभागले सूचना जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्रका लागि आवेदन माग गरेको थियो ।

याे खाेप भारतकाे सेरम इन्स्टिच्यूटले निर्माणा गरेकाे हाे । े

याे खाेप आइतबार देखि भारतमा प्रयाेगमा ल्याइने छ । आउने आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले साढे १० बजे खाेप लगाउने कार्याक्रम उद्घाटन गरिने भारतीय अनलाइन संचार माध्यम मिन्टले उल्लेख्य गरेकाे छ । याे खाेप ७० देखि ९० प्रतिशत प्रभावकारी भएकाे उल्लेख्य छ। पहिलाे खाेप लगाएकाे ४ हप्ता पछि दाेस्राे खाेप लगाउनु पर्ने खाेप निर्माण कम्पनिले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३९० डिस्चार्ज, २७० संक्रमित
Next post इन्डोनेशिया भूकम्पः ३४ काे मृत्यु सयाैं घाइते