Read Time:51 Second


१० माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ३ सय ८६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६३ हजार ७ सय ३४ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ ।

यसैगरी आज थप २ सय ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५४१ जनाको गरिएको पीसीआर परीक्षणमा २३२ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९९४ रहेको छ ।

