Read Time:59 Second
७ मंसीर २०७९, झापा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी भएका छन् । कांग्रेसका डा.खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँ पटक संसद् निर्वाचित भएका हुन् ।
ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दा अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गर्नु भएको छ । ओली २०४८ सालबाट निरन्तर यो क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आउनु भएको छ ।
उहाँ ०६४ सालमा मात्र पराजित हुनु भएको थियो । ओलीले ०७४ मा पनि डा. अधिकारीलाई नै पराजित गर्नु भएको थियो । २०७४ मा ओलीले ५७ हजार १३९ प्राप्त गर्दा अधिकारीले २८ हजार २९७ मत प्राप्त गर्नु भएको थियो ।
