झापा १ मा कांग्रेस महामन्त्री शर्मा भारी मतले विजयी

७ मंसीर २०७९,झापा–झापा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री शर्मा विजयी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएकाे छ। एमालेका अग्नि खरेललाई फराकिलो मतान्तरले हराउँदै शर्मा विजयी भएका हुन्। शर्माले १४ हजार २७५ मतान्तरले खरेललाई पराजित गर्नु भयाे । शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत प्राप्त गर्नु भएकाे छ । वामपन्थिको किल्ला मानिएको झापा १ मा शर्माले तेस्रो प्रयासमा मात्र जित निकाल्न सफल बन्नु भएकाे हाे । पार्टी राजनीतिमा सफलताको शिखरमा पुगेका शर्माको संसदीय यात्रा भने पहिलो हो।उहाँ ०७० र ०७४ को निर्वाचनमा पराजित हुनु भएकाे थियाे । शर्मा २०७० मा एमालेका रविन कोइरालासँग पराजित हुनु भयाे भने ०७४ मा तत्कालीन वाम गठबन्धनका तर्फबाट माओवादीका राम कार्कीसँग पराजित हुनु भएकाे थियाे । शर्माकाे याे संसदीय राजनीतिमा पहिलो पाइला हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी
Next post झापा २ बाट एमालेका घिमिरे विजयी