0 0
Read Time:1 Minute, 47 Second

१६ माघ २०७७, काठमाडौं– कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको तेस्रो दिनसम्ममा देशभर ४६ हजार भन्दा बढीले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ७९ जना स्वास्थ्यकर्मी तथा अग्रपंक्तीमा खटिनेहरूले खोप लगाएको जानकारी दिइएकाे छ ।

प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, वाग्मती प्रदेश मा १५ हजार ६ सय ४१, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा. गौतमले शुक्रबारसम्म खोप लगाएका व्यक्तिहरुमा सामान्य असरहरु देखिएको तथ्यांक प्राप्त भएपनि चिकित्सकहरुको प्रतिवेदन अनुसार ती सबै व्यक्तिहरुमा देखिएका असरहरु केही समय पश्चात आफैं निको भएको बताइएकाे छ ।

बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत पहिलो दिन ९ हजार ८४ र दोस्रो दिन बिहीबार १९ हजार ६ सय ४८ जनाले खोप लगाइएकाे मन्त्रालयले उल्लेख गरेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *