0 0
Read Time:1 Minute, 21 Second

४ फाल्गुण २०७९/झापा
भारतबाट अण्डा भित्र हालेर ल्याउँदै गरेको लागु औषध सहित विहीबार काँकडभिट्टामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ३ का २४ बर्षीय एतराज इवा र २७ बर्षीय प्रकाश खाती रहेका छन् । उनीहरुको साथबाट क्यारेटमा ल्याएको अण्डा भित्र सानो प्वाल पारी ५ ग्राम लागु औषध राखेको अवस्था पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो ।


पक्राउ गरिएकालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको बताइएको छ । झापामा पछिल्लो समय लागु औषध कारोवार बृद्धि हुँदै गएको छ । गएको आर्थिक बर्षमा लागु औषध सम्बन्धी जिल्ला अदालत झापामा २ सय वटा मुद्धा परेका छन् भने ३ सय ७ जना प्रक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

 

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *