0 0
Read Time:1 Minute, 15 Second

४ फाल्गुण २०७९, काठमाडौँ — नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खगेन्द्र खड्काले जानकारी दिनु भयाे । दुर्घटनामा परी २३ जना घाइते भएका छन् ।  घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेकाे छ । मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र अन्दाजी ५० वर्षीया सीतादेवी अर्याल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सडकबाट २० फिट तल खसेको छ । चालक फरार छन् भने सहचालक प्रहरीको सम्पर्कमा रहेकाे बताइएकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *