0 0
Read Time:3 Minute, 12 Second

२९ साउन २०८०, काठमाण्डाैं– चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक सुबाट बरामद गरिएको सुनको परिमाण ६० केजी ७८९ ग्राम रहेको पाइएको छ । बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७८९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ  ।

सोमबार राष्ट्र बैंकको टक्सार विभागले ब्रेक सुको सुन जोखेको थियो । सुनको परिमाणको औपचारिक विवरण भने सार्वजनिक गरिएको छैन । हङकङबाट गत असार २९ गते ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको तस्करीको सुन सिनामंगल सडकबाट राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले बरामद गरेको थियो । १ सय ६० वटा ब्रेक सु बरामद भएकोमा त्यसभित्र लुकाइएको सुनको परिमाण भने करिब ६१ केजी रहेको पाइएको छ ।

सुरुमा २ जनालाई सुनसहित पक्राउ गरेकोमा त्यसपछि भन्सारका अधिकृतसहित ३ कर्मचारी‚ ३ विदेशी नागरिक र ४ जना भन्सार एजेन्टसहित १८ जनालाई पक्राउ गरिएको थियो । त्यसमध्ये १७ जना हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् भने एक जनालाई हाजिरी जमानतमा रिहा गरिएको छ । यही प्रकरणमा पक्राउ परेका २ चिनियाँ र भारतीय राहदानीबाहक अर्का एक जनालाई पक्राउ गरिए पनि हाजिरी जमानतमा छाडिएको थियो ।

यसैबीच नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले  सुन गाल्ने प्रक्रिया सुरु गरेको छ । सोमबार सञ्चारकर्मीको उपस्थितीमा टक्सार महाशाखले ब्रेक सुबाट सुन निकाल्दै गाल्ने प्रक्रिया सुरु गरेको हो । ब्रेकसु कै आकारमा रहेको सुनको बाहिरपट्टी कालो रंग लगाइएको पाइएको छ । टक्सारका कर्मचारीले कालो रंग खुर्किदा सुन देखिएको थियो ।

ब्रेकसुबाट सुन निकालिसकेपछि मंगलबारसम्म सुन गाल्ने काम सम्पन्न हुने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो । सुन गालेर परीक्षण गरेपछि सुनको वास्तविक परिमाण यकिन हुने उहाले बताउनुभयो ।सिआइवी, राजस्व र राष्ट्र बैंक र टक्सारका प्रतिनिधिकोको उपस्थीतिमा पारदर्शी रुपले सुन गाल्ने,परिक्षण र जोख्ने काम हुने आचार्यले बताउनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *