काठ तस्करीमा २ वटा ट्क्याक्टर सहित ३ जना पक्राउ

३० साउन २०८०/झापा
झापामा पछिल्लो समय बनमा चोरी तस्करी बढ्न थालेको छ । २ दिन भित्र २ वटा ट्याक्टर सहित ३ जना पक्राउ परेका छन् । मंगलबार मेचिनगर नगरपालिका वडा नं. १० निन्दा खोलाबाट प्रदेश १–०२–००३ त १८१२ नम्बरको ट्याक्टर र २३ बर्षीय चालक तेजबहादुर राई पक्राउ परेका छन् । पक्राउ परेको ट्याक्टरमा विभिन्न प्रजातिका ८३ थान १२६ क्यूफिट गोलिया नियन्त्रणलमा लिई आवश्यक कार्वाहीका लागि डिभिजन बन कार्यालय झापामा बुझाइएको छ ।


यस्तै १ दिन अघि बुद्धशान्ति गाउँपालिका वडा नं. ६ मा रहेको ज्यामिरे सामुदायिक बनबाट मे. १ त. ६५३८ नम्बरको ट्यार सहित दुई जना पक्राउ परेका परेका छन् । पक्राउ पर्नेमा २४ बर्षी सविन विक र ३६ बर्षीय धनाहाङ्ग लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ गरिएको ट्याक्टरमा १६ थान ५८ दशमलव २२ क्यूफिट साँखुको गोलिया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस अघि साउनकाे पहिलाे साता मेचीनगर नगरपालिका वडा नं. १ कृष्णथुम्कीबाट २ वटा ट्याक्टर सहित काँचाे साँखुका १ सय ६ थान २९६ क्यूफिट काठ पक्राउ गरिएकाे थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १ क्वीन्टल भनिएकाे सुन ६१ किलाे ७८९ ग्राम पाइयाेः सुन गाल्ने प्रकृया शुरू
Next post सुन प्रकरणमा थप ३ चिनिया पक्राउः सुन गाले पछि ६० किलो ७१६ ग्राम ताैल