Read Time:1 Minute, 20 Second
५ भदौ २०८०/झापा
झापाको विर्तामोडबाट लागु औषध र नगद सहित झापामा २ जना पक्राउ परेका छन् । मंगलबार प्रहरीले दिएको जानकारी अनुसार विर्तामोड नगरपालिका वडा नं. ३ बस्ने ३४ बर्षीय रोशन राजवंशी र २१ बर्षीय रोहित राजवंशी पक्राउ परेका छन् । शंकास्पद ढंगबाट हिडेका उनीहरुलाई जाँचचेक गर्दा ४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र नगद ७६ हजार ३ सय १५ रुपयाँ फेला पारिएको छ ।
यस्तै दमक नगरपालिका वडा नं. ९ का ३० बर्षीय रमेश शिवा प्रक्राउ परेका छन् । शिवालाई मेचीनगर नगरपालिका वडा नं. ६ मा भारत तर्फबाट पैदल आउँदै गर्दा लागु औषध व्यूरो टोलीले २ दशमलव ५ ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । झापा जिल्लामा प्रहरीको जाँचचेकमा कडाइ पारे पनि लागु औषधको कारोवार प्रयोग भने कम हुन सकेको छैन ।
