झापामा जनावरको लक्षित बृक्षारोपण थालियोः हात्ती लक्षित बोट विरुवा रोपाईमा जोड (फाेटाे फिचर)

४ भदौ २०८०/बालदिवश तामाङ

दशकौं देखि हट्न नसकेको मानव र जंगली जनावरकोबीचको द्वन्द्वलाई कम गर्न झापामा बृक्षारोपणलाई जोड दिन थालिएको छ । जिल्लामा रहेका केही सामुदायिक बन तथा डिभिजन बन कार्यालयले समेत केही बर्ष यता जनावर लक्षित विरुवा रोप्न थालिएका छन् । पछिल्लो समय जामुनवारी, सुकेडाँगी, जलथल, हंसे दुम्से लगायतका सामुदायिक बनमा केही बर्ष देखि नै बनमा जंगली जनावर लक्षित फलफुल आँप, केरा, बाँस, अम्बक लगायतका विरुवाहरु रोप्दै आएका छन् ।

हात्ती प्रभावित क्षेत्र झापाको सुकेडाँगी सामुदायिक बनले पछिल्लो समय बनमा हात्ती आहाराका लागि विरुवा रोप्न थालेको छ । जंगलमा जंगली जनावरको आहरा नभएकाले मानव र जनावरबीचको द्वन्द्व कम गर्न कार्ययोजना बनाएरै बृक्षारोपण थालिएको सुकेडाँगी सामुदायिक बनकी अध्यक्ष शान्ति उपाध्याय घिमिरेले बताउनु भयो । उपाध्यायका अनुसार बनमा केरा बाँस लगायतका विरुवाहरु २ बर्ष देखि रोप्दै आएको बताउनु भयो ।

यस्तै जिल्लामा रहेका ५९ सामुदायिक बन मध्ये पछिल्लो समय धेरै बनले खासगरी हात्ती लक्षित बोट विरुवा रोप्न थालेका छन् । जंगल भित्र हात्तीले खाने बोट विरुवा लगाउँदा झट्ट हात्ती बस्ती प्रवेश गर्ने अवस्था नआएको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लामा १३ वटा रैथाने हात्ती रहेको डिभिजन बन कार्यालयको तथ्याङक छ । यस बाहेक भारततिरबाट समेत ठूलो संख्यामा हात्ती आउने गरेकाले बृक्षा रोपण बर्षेनी गर्दै आएको बन कार्यालयकी रेन्जर अन्जना पुरीले बताउनु भयो । पुरीका अनुसार रैथाने हात्तीको चरन क्षेत्र निर्माणको काम समेत भएको छ । हात्ती कोरीडोर चरन क्षेत्र निर्माणका लागि विधुतीय तारको घेरावारा गर्ने काम समेत भइरहेको छ ।

बर्षेनी जनावर हिड्ने र चरन क्षेत्र मासिँदै जान थाले पछि बन्य जन्तु लोप हुनेक्रम बढेर गएको छ । भएका जनावरको समेत संरक्षण र मानवसँगको द्वन्द्व कम गर्न हरेक बर्ष बन क्षेत्रमा बन्यजन्तु लक्षित बृक्षारोपण गर्नु पर्ने यस सम्बन्धीका जानकारहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
Next post अवैध लागुऔषध र नगद सहित ३ जना पक्राउ