0 0
Read Time:3 Minute, 34 Second

६ भदौ २०८०/झापा
नेकपा माओवादी केन्द्र पार्टीको केन्द्रिय समितिले जारी गरेको निर्देशन अनुसारका कार्याक्रम गर्न घर घरमा माओवादी अभियान चलाउन झापामा तयारीको कार्याक्रम भएको छ । बुधबार पूर्व मन्त्री तथा केन्द्रिय सदस्यहरुको उपस्थितिमा जनतासँग माओवादी विशेष रुपान्तरणका लागि विस्तारित वैठक तथा अभिमुखिकरण कार्याक्रम सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रिय समिति सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्वो ‘मौषम’को प्रमुख आथित्यमा भएको कार्याक्रममा पूर्व मन्त्रीहरु, केन्द्रिय सदस्य र प्रदेशका पार्टी पधाधिकारीहरुले जनताको अवस्था बदल्न घरघरमा माओवादी पुगेर उनीहरुको सल्लाह सुझाव र अवस्थाबारे जानकारी लिन सवै सक्रीय हुन निर्देशन दिएका छन् ।


अभियान अन्तर्गत आगामी भदौ १६ गते देखि ३ महिनासम्म अभियान संचालन गर्न पालिका र जिल्ला अन्तर जिम्मेवारी दिएर कार्याक्रम गर्न सर्कुलर जारी गरिएको छ । पार्टीका जिल्ला इन्चार्ज राजु आचार्य अग्निको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्यहरु शिवकुमार मण्डल, झलकबहादुर दर्लामी मगर ‘सन्देश’, राजेन्द्र कार्की ‘नविन’, रञ्जित तामाङ, गोङ्बु शेपा ‘कर्जायाङ’, हरिकुमार राना, मोहन खड्का, ज्योतिसिंह दर्लामी, केन्द्रिय अनुसासन आयोग सदस्य पूर्णसिंह राजबंशी, कोशी प्रदेश सचिव गणेश उप्रेती ‘शुशिल’, सह–सचिव रचना राई लगायतले अभियान संचालन गर्न पूर्ण प्रतिबद्ध भई कार्य गर्ने बताएका छन् ।


१० बर्ष जन युद्ध गरेर राज्यको व्यवस्था बदल्न सफल माओवादीले अव जनताको अवस्था बदल्न कृषि, पर्यटन र रोजगारी लगायतका विषयलाई उच्च प्राथमिकता दिन जनता समक्ष पुग्नु पर्ने भएकाले अभियानमा पार्टीका उच्च पदस्थ नेतृत्व देखि तल्लो तहका कार्यकर्ता समेत परिचालन गर्ने प्रणाली केन्द्रिय सर्कुलरबाटै भएको कार्याक्रमका नेतृत्वले बताएका छन् ।
यस्तै प्रेस सेन्टर नेपालको आजै बसेको वैठकले ती गतिविधिबारे जनतालाई सुसुचित गर्न जिल्ला अध्यक्ष राजु पाठकको अध्यक्षतामा प्रचार प्रसार ७ सदस्यी समिति समेत गठन गरेको छ । सेन्टरले जिल्लाका १५ वटै पालिकामा भएका गतिविधिलाई जनता समक्ष पुर्याउन जिल्लाका २३ जना पत्रकारलाई पालिका अन्तर गरेर जिम्मेवारी समेत विभाजन गरेको सेन्टरका जिल्ला सचिव पुष्प खड्काले जानकारी दिनु भयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *