काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईं पक्षबीच सामान्य झडपः आन्दाेलनकारीकाे सहभागिता न्यून

७ मंसिर २०८०, काठमाडौँ– काठमाडौँको बल्खुमा युवा संघ र दुर्गा प्रसाईं समूहवीच झडप भएको छ । यी दुई पक्षबीच केहीबेर अघि ढुङ्गा हानाहान भएको हो । दुई समुहबीच ढुंगा हानाहान भएपछि केहीवेर बल्खु क्षेत्रको यातायात प्रभावित भएको थियो । अहिले स्थिति सामान्य भएको प्रहरीले जनाएको छ । अहिले दुबै समुहले बेग्ला बेग्लै र्‍याली निकाली प्रशासनले तोकेको स्थानमा सभा गर्दैछन । युवा संघले काठमाडौँको तीनकुनेमा सभा आयोजना गरेको छ भने प्रसाईं पक्षले बल्खुमा सभा आयोजना गर्दैछ ।

एकै दिन छुट्टाछुट्टै परस्पर विरोधी कार्यक्रम आयोजना गर्ने घोषणा गरेपछि अवान्छित गतिविधिहरु हुन नदिन काठमाडौं र ललितपुरका निश्चित क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ । आज काठमाडौँ  र ललितपुरमा भने उच्च सुरक्षा ब्यबस्था मिलाइएको छ । जन प्रर्दशनमा मानिसकाे सहभागिता खासै भएकाे देखिँदैन । तर झडप नियन्त्रणका लागि प्रहरीकाे भीड भने बाक्लाे देखिएकाे छ । आन्दाेलनमा उत्रिएका जमातलाइ सम्बाेधन गर्दै आज देखि गणतन्त्र समाप्त भएकाे घाेषणा गर्नु भयाे । तर आन्दाेलनकाे प्रकृति हेर्दा हल्ला गरे जस्ताे जमातकाे भेला नभएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लाेप बन्दै गएकाे जुट खेती विस्तार गर्न यस बर्ष देखि झापामा अनुदान कार्यक्रम संचालन(फाेटाे फिचर)
Next post बाली विमाले किसानलाई राहतः गाैरादहका किसान विमा आकार्षित