बाली विमाले किसानलाई राहतः गाैरादहका किसान विमा आकार्षित

८ मंसीर २०८०/बालदिवश तामाङ

नेपालमा खासै प्रयोगमा आउन नसकेको बाली विमा झापाको गौरादहका किसानले भने उत्सुकताका साथ गर्न थालेका छन् । खेतीमा लगानी गरेको रकमको २० प्रतिशत बीमा वापत तिर्ने किसानले बाली क्षति नहुदाँ पनि राहत रकम पाउन थाले पछि बाली विमामा उनीहरुको आकार्षण बढ्न थालेको छ । झापाको गौरादहका किसानले कृषि विकास वंैंकसँगको समन्वयमा बाली विमा वापत क्षतिपूर्ती पाउन पछि राहत महशुष गर्न थालेका छन् । गत बर्षमा विऊ धानबालीको क्षति विमा वापत ९ लाख रुपयाँ राहत उपलव्ध गरे पछि किसानलाई थप हौसल्ला मिलेको छ । विमा गरेकाले २ कठ्ठा क्षेत्रफलमा धान लड्दा आफूले ८ हजार नगद पाएकाले राहत भएको गौरादह ७ पाटागाडाका किसान इच्छाराम सापकोटाले बताउनु भयो ।

बाली विमा गर्दा किसानले तिरेको २० प्रतिशत रकम बाली क्षति नभए पनि एक बर्षमा विमा वापत जम्मा गरेको रकममा १० प्रतिशत थप गरी वंैकले किसानलाई दिने गरेको छ । खासगरी विऊ, तरकारी र बहुवर्षीय बालीको विमा गरी क्षति हुने किसानलाई क्षति र नहुनेलाई १० प्रतिशत रकम थप गरी वितरण गर्ने गरेको महारानीझोडा साना कृषि सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो । ढकालका अनुसार यस बर्ष पनि वेलैमा बाली सुरक्षण कार्याक्रम गरिएको उहाँले बताउनु भयो ।

दई बर्ष देखि बाली धन सुरक्षण कार्याक्रम नाम दिएर विमा गर्न थालेको सहकारीले विमा गर्ने किसानको संख्या समेत बढाउँदै लगेको छ । पछिल्लो समय बाली क्षति हुने किसानले क्षति बापत रकम पाउन थाले पछि बीमा कार्याक्रम धेरै प्रभावकारी भएको संस्थाका व्यवास्थापक चिरन्जीवि भण्डारीले बताउनु भयो । बाली सुरक्षण नाम दिएर थालिएको बाली विमा कार्याक्रम प्रति किसानको आकार्षण समेत बढ्दै गएको उहाँले बताउनु भयो । नेपालकै सवै भन्दा धेरै धान र मकै खेती हुने झापा जिल्लामा विऊ उत्पादनमा बीमा हुने भए पछि किसानले विऊ खेतीलाई जोड दिन थालेका छन् । विमा वापत रकम पाउन थाले पछि किसानलाई समेत ठूलो टेवा पुगेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काठमाडौँमा युवा संघ र दुर्गा प्रसाईं पक्षबीच सामान्य झडपः आन्दाेलनकारीकाे सहभागिता न्यून
Next post झापामा जंगली हात्तीको आतंक बढ्दै