झापामा बुवाको हत्या आरोपमा छोरा पक्राऊ

११ मंसिर २०८०/सारासन्देश समाचार
झापाको कमलमा बुवाको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । कमल गाउँपालिका वडा नं. ४ का २३ बर्षीय आषिश तामाङले आज विहान साढे ६ बजेतिर घरायसी विवादमा टाउको र घुँडामा धारिलो हतियार प्रहार गरी आफ्नै बुवाको हत्या गरी फरार रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
धारिलो हतियार र कराइको प्रहारबाट ५२ बर्षीय शारीरिक अपाङ्ग रहनु भएका भोलाकुमार तामाङको घटना स्थलमै मृत्यु भएको छ । घटना स्थलबाट अनुसन्धानका लागि मृतकको श्रीमति ४८ बर्षीय ब्रतमाया गुरुङ्गलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । लाश पोष्ट मार्टमका लागि इलाका प्रहरी कार्यालय दमकले दमक अस्पताल पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अन्न भण्डारणले किसानलाई सहजः साना किसानले बनाए ठूलो क्षमताका गोदाम घरहरु (फाेटाे फिचर)
Next post बस्ती नामाकरणले भुटानी शरणार्थीकाे स्वदेश फिर्ती मुद्धा ओझेलमा पर्ने नेतृत्वको दाबी (भिडियाे कथा)