बस्ती नामाकरणले भुटानी शरणार्थीकाे स्वदेश फिर्ती मुद्धा ओझेलमा पर्ने नेतृत्वको दाबी (भिडियाे कथा)

११ मंसीर २०८०/डिकेश लामा

पूर्वी नेपालमा ३ दशक देखि बस्दै आएका भूटानी शरणार्थी शिविरलाई हालै आएर बस्तीमा नामाकरण गरिएको छ । विना जानकारी वस्तीमा रुपान्तरण गर्दा स्वदेश फर्कन चाहाने शरणार्थीको मुद्धा ओझेलमा परेको भन्दै शरणार्थीले नेतृत्वले आपाती जनाएका छन् ।

शरणार्थी बसोबास गर्ने क्षेत्रलाई केही समय अघिसम्म शिविर भनिन्थ्यो । तर अहिले बस्ती भनेर नेपाल सरकारले नामाकरण गरेको छ । लामो समयसम्म शिविरमा बसोवास गर्दै आएको क्षेत्रलाई कसरी बस्तीमा लगियो भन्ने विषयमा सरकारले जानकारी दिनु पर्ने भूटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले बताउनु भयो ।

भूटानी शरणार्थी परिचय पत्रको आधारमा ड्राइभिङ लाइसेन्स, पान नम्बर देखि अन्य कारोवार समेत गर्न दिइएको छ । शिविरलाई बस्ती बनाए पछि सोही अनुसारको अधिकार समेत दिनु पर्ने शिविर सचिव सन्चहाङ्ग सुब्बाले बताउनु भयो ।

भूटानी शरणार्थीको समस्या समाधानका लागि सन् २००५ मा ३ वटा विकल्प अघि सारिएको थियो । स्वदेश फिर्ती, तेस्रो मुलुक पूनर्वास र स्थानीयकरण । तर तेस्रो मुलुक स्थानान्तरण बाहेका विकल्प अधुरै रह्यो । सरकारको निर्णयमा परिचय पत्रको आधारमा आर्थिक अधिकार दिनका लागि बस्ती बनाइएको शरणार्थी समन्वय इकाइका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनु भयो ।


पूर्वी नेपालको ७ वटा शिविरमा बस्दै आएका १ लाख भूटानी शरणार्थी मध्ये पछिल्लो समय बाँकी रहेका २ वटा शिविरमा साढे ६ हजार हाराहारीको संख्या रहेको छ । दातृ निकाय यूएनएचसीआरले दिँदै आएको राहत समेत कटौती गर्दा थप समस्यामा परेका देश फर्कन चाहाने शरणार्थीलाई शिविरलाई बस्ती नामाकरण गर्दा स्वदेश फर्कने मुद्धा ओझेलमा परेको उनीहरुको भनाइ छ ।

भिडियाे रिर्पाेट हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा बुवाको हत्या आरोपमा छोरा पक्राऊ
Next post बेलडाँगी शरणार्थी शिविर भित्र अवैध मादक पदार्थ नष्ट