दमककाे दुम्सेली साँस्कृति विकास मञ्चमा नयाँ समिति गठन (फाेटाे फिचर)
२३ मंसिर २०८०/सारासन्देश समाचार(दमक)
झापाको दमक वडा नं. ३ मा २०३७ सालमा स्थापित दुम्सेली साँस्कृति विकास मंचको अध्यक्षमा शान्तिराम भट्टराई सर्वसम्मतिले छनौट हुनु भएको छ । यस्तै समितिको उपाध्यक्षमा दिलकुमार राई, सचिवमा जिवन तामाङ, सहसचिवमा पुष्पा शेर्पा, कोषाध्यक्षमा टिकाराम राई चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा कृष्ण राई, मानबहादुर कुरुम्बाङ्ग, विध्या राई र क्षितिज खड्का चयन हुुनु भएको छ ।
डिकेश लामाको अध्यक्षतामा भएको १९ औं बार्षिक साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका वडा नं. ३ का अध्यक्ष नविन बरालले ४३ बर्ष देखि संचालनमा रहेको संस्थाले समाजमा साहित्य, कला र चेतना अभिबृद्धिमा ठूलो भूमिका निर्वाह गर्दै आएकाले यसको विकासमा सवैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्याक्रममा संस्थाले सामाजिक गतिविधिमा गरेका कार्यबारे निवर्तमान सचिव सुमन नेम्बाङले तयार गर्नु भएको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । मंचले २०५७ साल देखि झिल्लिका साहित्यिकि द्वैमासिक पत्रिका लामो समय सम्म प्रकाशन गरेको थियो । यस्तै नेपाली प्रतिनिधिमुलक गजल विशेषाङ्क २०६२ समेत प्रकाशन गरेको थियो ।
यस्तै संस्थाले दर्जनौ नाटक तथा राष्ट्रिय स्तरका कवि गोष्ठी समेत गरेको कार्य विवरण अध्यक्ष लामाले प्रस्तुत गर्नु भयो । नयाँ कार्य समितिले ३ सदस्यीय सल्लाहकार समिति समेत छनौट गरेको छ । जसमा संयोजकमा डिकेश लामा, सदस्यहरुमा सुमन नेम्बाङ र नविन बराल रहनु भएको छ ।