चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ

२३ मंसिर २०८०, झापा–  ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–३ का ४० वर्षीय कृष्ण श्रेष्ठ र ३८ वर्षीय रोहित घतानी रहेका छन् ।  शनिबार बिहान पौने ६ बजे झापाको अर्जुनधारा नगरपालिका–५ बाँसबारीस्थित भित्री सडकमा काठ लोड गरेको ट्याक्टरसहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


चुरे क्षेत्रको जंगलबाट मे १ त ८०५ नम्बरको ट्याक्टरको डालामा माथिबाट माटोले पुरेर चिरान गरेको ५ फिटको २ थान, ६ फिटको ११ थान, ७ फिटको १९ थान र ८ फिटको २० थान गरी ५२ थान काठ लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रयाक्टरमा जम्मा ५४ दशमलव ५ क्यूफिट सखुवा जातको चिरानी काठ रहेकाे जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमककाे दुम्सेली साँस्कृति विकास मञ्चमा नयाँ समिति गठन (फाेटाे फिचर)
Next post शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग