अभियानबाट दमकमा १ लाख विरुवा रोपिने तयारी

११ जेष्ठ २०८१, दमक
सत्तासिन माओवादी केन्द्र पार्टीले जनतासँग हातेमोलो कार्याक्रम गर्दै एक लाख विरुवा रोप्ने तयारी थालेको छ । झापाको दमकमा एक घर एक लिचि र कागती भन्ने अभियानबाट विरुवा रोप्नका लागि पर्सी १३ गते देखि शुरु गर्ने भएको छ ।
दमकमा आज शुक्रबार भएको पत्रकार सम्मेलनमा पार्टीका जिल्ला संयोजक राजु आचार्य अग्निले देशमा आएको परिवर्तनमा सहभागी सवैलाई धन्यवाद दिँदै विरुवा रोप्ने अभियानको अन्तिम तयारी भएको बताउनु भयो । देशमा भएको राजनैतिक परिवर्तनका मुख्य संबाहकको भूमिका निर्वाह गरेको पार्टी माओवादी र यसका कार्यकर्ता उत्पादनसँग जोड्न झापा जिल्लाका १५ वटै पालिकामा फरक फरक कार्याक्रम शुरु भएको बताउनु भएको छ । यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर भएको कदर पत्र समेत सहयोगीहरुलाई घरमै गएर प्रदान गर्ने उहाँले बताउनु भयो ।
१० बर्षे जनयुद्धमा प्रत्यक्ष सहयोग गर्नेहरुको साझा उपलव्धीको रुपमा देशमा यति ठूलो परिवर्तन भएकाले सवैलाई सम्मान गर्ने कार्याक्रम तय गरिएको उहाँले बताउनु भयो ।
जिल्लाका वडा तहसम्मका अधिवेशन पुगेर माओवादी केन्द्रका नेताहरुले वृक्षारोपण अभियान र पालिका अनुसारका अभियानमामा सहभागी बन्न सवै कार्यकतालाई आग्रह समेत गरेका छन् ।
यसैबीच शुक्रबार दमक वडा नं. ८ मा भएको दोस्रो वडा सम्मेलनले टंक अधिकारीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ । यस्तै उपाध्यक्षमा कमल खनाल, सचिव भिम संग्राैला, सहसचिव नविन बाेहाेरा, काेषाध्यक्षमा नेत्र रिजाल चयन हुनु भएकाे छ ।

यस्तै सदस्यहरूमा तेजेन्द्र पाैडे, सीता दाहाल, प्रेम मगर, सन्ताेष खड्का, दुर्गा दुलाल, तारा भुषाल, वेदप्रसाद पाैडेल, संयाेग नेपाली, साेमबहादुर बानिया, जिवन खनाल, रविन दर्जी, बसन्त पाैडेल, तारा पुरी, शान्ता पाेखरेल, मन्जु परी र डिगम ताजपुरिया छनाैट हुनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post देश विकासका लागि एकताको खाँचो रहेकाे नेकपा एमालेका अध्यक्ष ओलीकाे भनाइः दमकमा नयाँ नेतृत्व गठन हुने 
Next post कविताबाट संघीयता खोज्दै साहित्यकारहरू