कविताबाट संघीयता खोज्दै साहित्यकारहरू

११ जेष्ठ २०८१/दमक
कोशी प्रदेशका स्थापित कविहरुले कविता मार्फत संघीयताको कार्यान्वन नभएको बताएका छन् । झापाको दमकमा यूवा साहित्यकारहरुले स्थापना गरेको स्रष्टा पब्लिकेशनले पहिलो पुस्तक आज सार्वजनिक गर्दै केन्द्रले मोफसललाई अझै पनि पहिचान गर्न नसकेको बताएका छन् । शिक्षण पेशामा आवद्ध झापाका कवि अभागीले लेख्नु भएको पुस्तक सपनाहरुको बही सार्वजनिक गर्दै स्रष्टाहरुले साहित्यमा पनि संघीयता हुनु पर्नेमा जोड दिएका छन् । कोशी प्रदेशका स्थापित साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यहरुले सामुहिकरुपमा सार्वजनिक गरेको पुस्तकले संघीयतासँगै देशमा छरिएका समस्यालाई उजागर गरेको पुस्तकका समिक्षकले बताएका छन् ।
पब्लिकेशनका अध्यक्ष सुन्दर कुरुपको अध्यक्षतामा भएको कार्याक्रममा विभिन्न क्षेत्रका कविहरुले पुस्तक माथि चर्चा समेत गरेका छन् । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तथा साहित्यकार केशव आचार्यको प्रमुख आथित्यमा भएको कार्यक्रममा संघीयता कार्यान्वयनमा साहित्यबाटै समेत जोड दिनु कविहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अभियानबाट दमकमा १ लाख विरुवा रोपिने तयारी
Next post पर्यावरण र उत्पादनसँग जोड्न एक लाख फलफुलको विरुवा रोपाईं अभियान दमकमा शुरु