दमककाे २ अर्व लगानीकाे भ्यूटावरलाई प्रादेशिक अस्पताल बनाउन माग (फाेटाे फिचर)

१७ जेठ २०८१/दमक
झापाको दमकमा झण्डै २ अर्व बजेट खर्चमा निर्माण गरिएको भ्यूटावरलाई प्रादेशिक अस्पतालको रुपमा संचालन गर्न माग गरिएको छ । कोशी प्रदेशका स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीलाई आज एक ज्ञापन पत्र बुझाउँदै नेकपा माओवादी केन्द्र दमक नगर कमिटिले सो माग गरेको हो ।
दमककमा १ लाख फलफुलको विरुवा रोपाईं अभियानमा जनयुद्धका शहिद राजेन्द्र पोखरेलको घरमा बृक्षारोपण गर्न पुग्नु भएका मन्त्री कार्की समक्ष ज्ञापन पत्र बुझाउँदै व्यापरिक केन्द्र सहितको १८ तले भ्यूटावरलाई अस्पताल बनाउन माग गरिएको छ ।
कार्याक्रममा मन्त्री कार्कीले दमकको भ्यूटावरलाई कसरी उपयोग गर्ने भन्ने स्थानीयको जनचासो रहेको अवस्थामा प्रादेशिक अस्पतालकोरुपमा लाने संभावना अध्ययन गरी नीति कार्याक्रम र बजेटको विषयमा छलफल गरिने बताउनु भयो ।

यस्तै उहाँले फलफुको विरुवा रोप्दै शहिद बनेका छोराको सम्झना छोरालाई जस्तै माया गरी फलफुलको जर्गेना गर्न अनुरोध गर्नु भयो । उहाँले शहिद र घाइते परिवारको स्वास्थ्य उपचारमा थप सुविधा ल्याउने गरी नीति बनाउने बताउने बताउनु भयो ।
शहिदकी आमा कृष्ण कुमारी पोखरेलको जेठा छोरा राजेन्द्रको २०६० साल माघ ११ गते धादिङमा भएको भिडन्तमा २५ बर्षको उमेरमा देहान्त भएको थियो । उहाँको श्रीमान र भएका छोरा गुमाए पछि हाल छोरीसँग बस्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post स्वदेशी उत्पादनलाई कर कम, मदिरा र सुर्तिजन्य बस्तुमा बृद्धि
Next post एकीकृत समाजवादी सत्ता गठबन्धनमै रहन्छः प्रधानमन्त्री दाहाल