
१७ गते २०८१ जेठ, विराटनगर– एकिकृत समाजबादी पार्टी अलगिएर सरकार परिवर्तन हुन्छ भन्ने चर्चा चलिरहेकाे वेला त्यस्ताे हुन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारको स्थायित्व बारे कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । आज विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले माधव कुमार नेपालको पार्टी एकीकृत समाजबादी सत्ता समिकरणबाट यता उता जाने अवस्था नरहेको र नेता नेपाल वर्तमान गठबन्धनबाट बाहिर नजाने जानकारी दिनुभयो । उहाँले मधेस प्रदेशमा पनि अहिले कै गठबन्धनको सरकार रहने बताउनुभयो ।
एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारले यसपटक जनतामा उत्साह थप्ने गरी बजेट ल्याइएको र कोशी प्रदेशका लागि पनि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
