एकीकृत समाजवादी सत्ता गठबन्धनमै रहन्छः प्रधानमन्त्री दाहाल

Photo file

१७ गते २०८१ जेठ, विराटनगर– एकिकृत समाजबादी पार्टी अलगिएर सरकार परिवर्तन हुन्छ भन्ने चर्चा चलिरहेकाे वेला त्यस्ताे हुन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान सत्तासमिकरणमै रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको स्थायित्व बारे कुनै शंका नगर्न आग्रह गर्नुभएको छ । आज विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले माधव कुमार नेपालको पार्टी एकीकृत समाजबादी सत्ता समिकरणबाट यता उता जाने अवस्था नरहेको र नेता नेपाल वर्तमान गठबन्धनबाट बाहिर नजाने जानकारी दिनुभयो । उहाँले मधेस प्रदेशमा पनि अहिले कै गठबन्धनको सरकार रहने बताउनुभयो ।

एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारले यसपटक जनतामा उत्साह थप्ने गरी बजेट ल्याइएको र कोशी प्रदेशका लागि पनि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमककाे २ अर्व लगानीकाे भ्यूटावरलाई प्रादेशिक अस्पताल बनाउन माग (फाेटाे फिचर)
Next post मेची भन्सारबाट चिया निर्यातमा गिरावट